दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

जोहनेस्बर्ग- दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको लिफ्ट खस्दा ११ जनाको मृत्यु भएको छ । उक्त लिफ्ट नियन्त्रण बाहिर गएर खसेको र घटनामा अरु ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् । इम्पाला प्लाटिनमले सोमबार जोहानेसबर्गको उत्तरपश्चिममा रस्टेनबर्ग खानीमा ‘विनाशकारी दुर्घटना’ भएको बताएको छ ।

त्यतिबेला ८० भन्दा बढी मजदुरले आफ्नो सिफ्टको अन्त्यमा मार्ग बनाउँदै थिए । कम्पनीका अनुसार स्थानीय समयअनुसार लिफ्ट अप्रत्याशितरूपमा तल ओर्लन लागेपछि साँझ ५ बज्नुभन्दा पहिला चेतावनी जारी गरिएको थियो । “कन्भेन्स काउन्टरवेटको ज्याक क्याचमा फसेका कारण लिफ्टको द्रुत अवतरण रोकियो”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ज्याक क्याच एउटा सुरक्षा प्रणाली हो जसको उद्देश्य दुर्घटनाको स्थितिमा लिफ्ट र भूमिगत रेलहरूलाई पछाडि जानबाट रोक्नु हो । “यो विनाशकारी दुर्घटनामा जीवन गुमाउने र प्रभावित व्यक्तिहरूका लागि हाम्रो हृदय भारी भएको छ”, इम्पाला प्लाटिनम (इम्प्लाट्स) का प्रमुख कार्यकारी निको मुलरले भने, “हामी आफ्ना सहकर्मीहरू गुमाउँदा स्तब्ध भएका छौँ र निकटका सबै आफन्तसँग सम्पर्क गर्न सकियोस् भनी सुनिश्चित गर्ने प्रक्रियामा छौँ ।”

कम्पनीले ७५ मजदुर घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको बताएको छ । इम्प्लाट्सका प्रवक्ता जोहान थेरोनले केही मजदुर गम्भीर घाइते भएको बताए । उनका अनुसार अधिकांशको घुँडा र खुट्टा भाँच्चिएको तथा अन्यलाई सामान्य चोट लागेको छ । उद्धार कार्य सकिएको र सबै ८६ मजदुरको अवस्था पत्ता लागेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनाको अनुसन्धान सुरु भएका कारण मङ्गलबार खानीमा सबै काम रोकिएको छ । “इम्प्लाट्स सेवामा हराएकाहरूको परिवार र सहकर्मीहरूलाई निरन्तर सहयोग गरिँदैछ”, मुलरले भन, “हामी अविश्वसनीय रूपमा कठिन समयमा आफ्ना घाइते सहयोगीहरूका बारेमा पनि ध्यान दिनेछौँ ।” दक्षिण अफ्रिका प्लाटिनमको विश्वको अग्रणी उत्पादक मुलुक हो ।

यो मुलुकमा खानी दुर्घटनाहरू सामान्य मानिन्छ । यहाँ हजारौँ मानिस खानी उद्योगमा काम गर्छन् । दक्षिण अफ्रिकामा सबैभन्दा गहिरा खानीहरू छन् र यो सुन, हिरा, कोइला र अन्य कच्चा सामग्रीको प्रमुख निर्यातक हो । धेरै गहिरा खानीमा लिफ्ट छन् र यिनले एकै समयमा एक सयभन्दा बढी मानिसलाई लैजान सक्छन् ।

प्रत्येक वर्ष दर्जनौँ खानी मजदुर मारिन्छन् तर पछिल्लो दुई दशकमा सुरक्षा मापदण्ड बढाइएकाले मर्नेहरूको सङ्ख्यामा कमी आइरहेको छ । सरकारी आँकडाअनुसार सन् २०२२ मा खानी दुर्घटनामा करिब ५० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ३२ बजे

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

गलकोट– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नं २ मा

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

काठमाडौं- जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा इरानको मिसाइल आक्रमण

तेहरान- इरानको इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्स (आईआरजीसी) ले इजरायली प्रधानमन्त्री

नेपालको चुनावमा बाह्‍य लगानी र भारत-चीनसँगको सम्बन्धबारे केपी ओलीले भने ?

झापा- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली