स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री अनिता देवी | Khabarhub Khabarhub

स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री अनिता देवी


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताएकी छिन् ।

सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित  ‘स्थानीय तहहरुको असल अभ्यास’ कार्यक्रममा सामान्य प्रशासनमन्त्रीले जनताका विकासका चाहना पूरा गर्न ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइन् । उनले स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताइन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै राजनीतिक दल  लाग्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीय सरकारबाट  बजेट वितरणमा भेदभाव भएको गुनासो गरे । कार्यक्रममा प्रदेशका १४ जिल्लाका  स्थानीय तहका प्रमुखको उपस्थिति छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : १२ बजे

सीमा सुरक्षालाई प्राथमिकता दिन निर्देशन

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारीसहित  चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल

पुल बनेपछि कालीगण्डकी वारपार गर्न सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी

दर्शकको भीडले समय सरेको कोपा अमेरिकाको फाइनल सुरु

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि पटकपटक समय सारिएको

विम्बल्डन टेनिसको उपाधि अल्कारेजलाई

काठमाडौँ- विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस

कोपा अमेरिका फाइनल : तेस्रो पटक समय सर्यो

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनलको