कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना « Khabarhub

कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेवारी समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी कमेडी गरेको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले दोषी ठहर गर्दै उनलाई यस्तो सजाय सुनाएको हो ।

गत वर्ष नेवारी समुदायलाई लक्षित गरी कमेडी गरेपछि उनी विवादमा तानिएका थिए । प्रहरीले उनलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । सजाय पाएसँगै उनले नेपालमा अभिव्यक्ति स्वतन्त्रता सकिएको अनुभव भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : २५ बजे

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको