स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै | Khabarhub Khabarhub

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति बनाउने भएको छ । रास्वपाको विधान अनुसार सांसद वाग्लेलाई रास्वपाले उपसभापति बनाउन लागेको हो ।

रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र रास्वपाको उपसभापति छन् ।

तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा पेश गरेका हुन् ।

वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने पार्टीको संयुक्त बैठक समापन समारोहमा गरिने छ ।

रास्वपाको विधान अनुसार उपसभापतिको कार्यमा सभापतिलाई आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र कार्यसम्पादन समितिले तोकेको कार्य गर्ने छ । सभापति अनुपस्थित रहेको बैठक दुई उपसभापति मध्ये जेष्ठ वा सभापतिले तोकेकाले सभापतिको भूमिका निर्वाह गर्ने विधानको व्यवस्था छ ।

रास्वपाले केही दिनअघि पार्टी प्रवेश गरेका डा. नन्दन यादवलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : १४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास