छिट्टै राष्ट्रिय कृषि नीति ल्याइन्छ : मन्त्री भुसाल | Khabarhub Khabarhub

छिट्टै राष्ट्रिय कृषि नीति ल्याइन्छ : मन्त्री भुसाल


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन् ।

राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भएकाले केही दिनमा मन्त्रिपरिषदमा पेस गरिने बताए ।

उनले कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर नीतिमा समेटिएको बताए । साना किसानलाई संरक्षण गर्न उनीहरुको उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने बताउँदै मन्त्री भुसालले मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको विकास गरी कृषकको आम्दानीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत दिइने उनको भनाइ छ । उनले कृषि भूमिको अनुपयुक्त प्रयोग एवं विभिन्न प्रकोपका कारण कृषि भूमिको उर्बरा घट्दै गएकामा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : ५९ बजे

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले