बुद्धको सन्देश विश्वभर फैलाउन संस्कृतिमन्त्री किरातीको आह्वान | Khabarhub Khabarhub

बुद्धको सन्देश विश्वभर फैलाउन संस्कृतिमन्त्री किरातीको आह्वान


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारभरका बुद्धमार्गीलाई ‘लुम्बिनी जाऔँ’ भन्ने अभियान चलाउन आह्वान गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को आज उद्घाटन गर्दै मन्त्री किरातीले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घन्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

“नेपालीहरू पाहुनालाई भगवान् मान्छौँ, अब तपाईहरूले बुद्धभूमि लुम्बिनी जाऔँ भन्ने अभियान चलाउनुहोला”, मन्त्री किरातीले भने, ‘‘परिवारसहित लुम्बिनी घुम्न आउनुहोस् ।”

कोरिया नेपाल मित्रता ‘पिस पार्क’ मा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घन्टी विश्व शान्तिको कामना गर्दै घन्टी बजाएर उद्घाटन गरिएयो । एक सय आठ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूहका सदस्य, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घन्टी बजाउँदै उद्घाटन समरोह गरिएको हो ।

भिक्षुहरूले बुद्ध जन्मस्थल लुम्बिनीमा चढाएको घन्टीले कोरिया र नेपालीबीचको निःस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको समेत मन्त्री किरातीले बताए । “कोरियाले नेपालीलाई रोजगारी दिएर र नेपालीले पसिना दिएर सहयोग गरेका छौँ”, उनले भने, “अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।”

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घन्टीको अनावरण र उद्घाटनको अवस्थासम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीलाई धन्यवाद दिए ।

शान्ति घन्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घन्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे ।

“यो घन्टीको आवाज बुद्ध र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाले प्राणीको पीडालाई राहत दिने प्रतीक हो”, उनले भने, “बुद्धको जन्मस्थलबाट बज्ने घन्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीको पीडालाई आनन्दको आवाज दिनेछ ।”

यसअघि धर्मगुरु सन्मुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपालमैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : २५ बजे

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड

गुल्मी– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

पोखरा– गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन् सङले आम निर्वाचन सफलतापूर्वक

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१