टी २० विश्वकपका लागि नामिबिया छनोट « Khabarhub

टी २० विश्वकपका लागि नामिबिया छनोट


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नामिबिया २०२४ को टी २० विश्वकपका लागि छनोट भएको छ । मंगलबार तान्जानियालाई ५८ रनले पराजित गर्दै नामिबियाले सन् २०२४ को टी २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

विश्वकप छनोटमा नामिबियाको यो लगातार पाचौं जित हो । ५ जितमा १० अंक हासिल गरेको नामिबिया अंक तालिकाको शीर्ष स्थानमा रहेको छ र अब छनोटअन्तर्गत एक खेल खेल्न बाँकी रहदै विश्वकपका लागि स्थान पक्का गरेको छ ।

नामिबियाले अब बिहीबार नाइजेरियासँग खेल्ने तालिका रहेको छ ।

त्यस्तै, अब अफ्रिका क्षेत्रबाट अर्को एक स्थानका लागि युगान्डा, केन्या र जिम्बाब्वे प्रतिस्पर्धामा रहेका छन् । युगान्डा र केन्याको ४ खेलबाट समान ६ अंक रहेको छ र दुबैको सम्भावना उत्तिकै रहेको छ । अहिले रनरेटको आधारमा युगान्डा दोस्रो र केन्या तेस्रो स्थानमा रहेका छन् । त्यस्तै, टेस्ट राष्ट्र जिम्बाब्वेको ४ खेलमा ४ अंक रहेको छ । जिम्बाब्वेको पनि विश्वकप छनौटको सम्भावना कायमै रहेको छ ।

अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनोट हुने प्रावधान छ । जसमा ७ देशले प्रतिस्पर्धा गर्दैछन् । अफ्रिका छनोटमा नामिबिया र जिम्बाब्वेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ४७ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध