काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध « Khabarhub

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ।

एक सूचना जारी गर्दै महानगरको स्वास्थ्य विभागले १५ दिन अवधि अर्थात आगामी २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ। सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपरागलगायतका पदार्थ कसैले बिक्री गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्ने छ।

काठमाडौं महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० मा यससम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ।

सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण पहिलो सर्त रहेको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ५१ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको