काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध « Khabarhub

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ।

एक सूचना जारी गर्दै महानगरको स्वास्थ्य विभागले १५ दिन अवधि अर्थात आगामी २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ। सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपरागलगायतका पदार्थ कसैले बिक्री गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्ने छ।

काठमाडौं महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० मा यससम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ।

सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण पहिलो सर्त रहेको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ५१ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले