इस्लामावाद- पाकिस्तानले गत नोभेम्बर १ देखि अफगान शरणार्थीहरुलाई देश निकाला गर्दै आएको छ । यही क्रममा पाकिस्तानी अधिकारीहरुले झण्डै आफ्नै नागरिकलाई देश निकाला गरी अफगानिस्तान पठाएको पाइएको छ ।
पाकिस्तानी अखबार डनले जनाएअनुसार अधिकारीहरुले अफगान नागरिक भएको आशंकामा ७ जना पाकिस्तानी नागरिकलाई अफगानिस्तान पठाउन लागेका थिए । यद्यपि पछि उनीहरुको सक्कली पहिचान खुलेपछि भने उनीहरु देश निकाला हुनबाट जोगिएका थिए ।
आफ्नो सक्कली पहिचान प्रस्तुत गर्न असफल भएपछि उनीहरुलाई पाकिस्तानको पञ्जाब प्रान्तबाट पक्राउ गरिएको थियो । पञ्जाबी वा उर्दू भाषा बोल्न नजानेपछि पाकिस्तानी अधिकारीले उनीहरुलाई अफगान शरणार्थी ठानेका थिए ।
त्यसपछि पाकिस्तानी अधिकारीहरुले उनीहरुलाई विदेशी नागरिक ऐन १९४६ को धारा १४ बमोजिम गिरफ्तार गरेको डनले जनाएको छ । यद्यपि राष्ट्रिय पञ्जीकरण अभिलेखमा उनीहरुको नाम पाइएपछि उनीहरुलाई छाडिएको थियो ।
प्रतिक्रिया