देश/प्रदेश

रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

By खबरहब

November 28, 2023

काठमाडौं – रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार युक्रेनसंगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् । उनीहरुको कात्तिक २९ गते नै मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।

उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ । दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो ।