नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला  « Khabarhub

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला 


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

घनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । 

उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे भने, अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र, त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको जनाए । 

सम्बोधनका क्रममा उनले भने, नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइदैन् । उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए ।  

पार्टीमा एकता नभएको भन्दै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानी सहित जिल्लाका सबै साथीहरुले पहल गर्नु पर्ने बताए । अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित रहेको बताए । 

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनको क्रममा भने, आफूले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन भनेका थिए । अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा आफूले लिने बताए ।

उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्रको स्थापनका लागि प्रजातान्त्रिक सेनानीको भूमिका महत्त्वपूर्ण रहेकाले पार्टीले त्यागको आधारमा सम्मान गर्नु पर्ने बताए । उनले विगतमा पार्टीभित्र लोकतान्त्रिक संस्कृति रहेका थियो । अहिले त्यो छैन । त्यसका लागि तपाईँहरूले पहल गर्नुपर्छ । 

उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको बताए । 

छिटो -छिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थीरता कायम गर्न दुई ठूला दलको सरकार बनाएका हौं । तर, सो अनुसार परिणाम दिन नसकेको बताए ।

एक फरक प्रशंगमा उनले भने, एमालेसँग नेपाली कांग्रेसले सहकार्य र प्रतिस्पर्धा सँगसँगै गर्नु परेको बताए  । सरकारमा सहकार्य र राजनीतिमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेकाले कांग्रेस चनाखो हुनुपर्ने बताए । 

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भातृ तथा शुभेच्छुक संस्थाहरुसँग अन्तरक्रिया तथा छलफल गरेका थिए । उक्त भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाहरूको तोकिएको समयमा महाधिवेशन हुनु पर्ने बताए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : २१ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका