बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल « Khabarhub

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा रहेका पशुपतिनाथलगायत पवित्र मठ मन्दिरलाई स्वच्छ राख्ने विषयमा छलफल भएको छ ।

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव राजुकुमार खत्रीले आज आयोजना गरेको छलफलमा बागमती सफाइ महाअभियानका अभियानकर्मीको सहभागिता थियो ।

छलफलमा ढल व्यवस्थापन, फोहर व्यवस्थापन, गौरीघाट सौन्दर्यीकरण, ब्रह्मनालबाट गौरीघाटसम्म भक्तजन हिँड्ने कोरिडोर निर्माण, पशुपतिको प्रत्येक द्वारमा हिँड्ने बाटो स्तरोन्नतिलगायत विषयमा छलफल भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन, पशुपति क्षेत्रमा स्तरीय चमेना गृह एवं भोजन गृहको निर्माण, वाग्द्वारबाट पशुपतिनाथमा चढाउन स्वच्छ जल आपूर्तिका लागि पहल गर्ने विषयमा पनि छलफल भएको थियो । छलफलमा पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : ०२ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका