सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा, अधिकारका लागि सङ्घलाई दबाब दिने « Khabarhub

सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा, अधिकारका लागि सङ्घलाई दबाब दिने


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज बागमती प्रदेशको हेटौँडामा भेला भएका छन् ।

संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएका समस्या र त्यसको समाधानका लागि सङ्घलाई दबाब दिने उद्देश्यले भेलाको आयोजना गरिएको बताइएको छ ।

भेलामा सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगायत विषयमा छलफल हुनेछ ।

यसअघि गत असारमा पोखरामा बसेको मुख्यमन्त्रीहरूको बैठकले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार ६ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए । तर यो अवधिमा संघ सरकारबाट आफ्ना मागको सुनुवाइ नभएको भन्दै मुख्यमन्त्रीहरू फेरि भेला भएका हुन् ।

मुख्यमन्त्रीहरूको भेलाले संघ र प्रदेशमा देखिएको असन्तुलन र समस्याका विषयमा छलफल गरी संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिनेछ ।

भेलामा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।

भोलिसम्म चल्ने भेलामा सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहेकाे छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १० : २९ बजे

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा

किसानले केराको उचित मूल्य पाए केरा : उत्पादक सङ्घ

चितवन – भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित