‘घुम्न जाऔँ बन्दीपुर’ अभियान « Khabarhub

‘घुम्न जाऔँ बन्दीपुर’ अभियान


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिकाले ‘घुम्न जाऔँ बन्दीपुर’ अभियान सुरु गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउन  अभियान सुरु गरिएको जानकारी दिए । यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका विभिन्न सहरमा पुगेर बन्दीपुरको पर्यटनको प्रचारप्रसार गर्नेछन् ।

अभियानअन्तर्गत अध्यक्ष थापाको नेतृत्वमा टोली बुटवल पुगेको छ । बुटवलमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्दै घुम्नका लागि निम्तो दिने कार्यक्रम रहेको छ । उनले भने, ‘देशका प्रमुख सहरमा पुगेर घुम्न जाऔँ बन्दीपुरको प्रचारप्रसार गर्छौँ । यसले गर्दा बन्दीपुरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।’

पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको प्रचारप्रसारका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यसको थप प्रचारप्रसार गर्न आवश्यक रहेकाले यो अभियान सुरु भएको हो ।’

होटल व्यवसायी वैश गुरुङले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यो अभियान कोसेढुङ्गा हुने बताए । गाउँपालिकाका पर्यटन शाखाका सुरोज भट्टराईका अनुसार देशका प्रमुख सहरमा यो अभियान सञ्चालन हुनेछ ।

बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्य प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।  बन्दीपुरलाई पर्यटकीय केन्द्र बनाइने र त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइने अध्यक्ष थापाले बताए । बन्दीपुर गाउँपालिकाका छवटै वडामा रहेका पर्यटकीय गन्तव्यलाई विकास गरिने नीति लिइएको उनको भनाइ छ ।

गाउँपालिकाभित्र रहेका घरबास (होमस्टे)को विकास, पर्यटकीय लक्षित उत्पादनलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाभित्र जीप फ्लायर र रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ ।

पर्यटकीय नगरी बन्दीपुर भित्रिने पर्यटकको लगत राख्न पर्यटन सूचना केन्द्र स्थापना गरिने अध्यक्ष थापाले बताए । होमस्टेको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरी ‘होमस्टे सर्किट’ को विकास गर्ने नीति गाउँपालिकाले  लिएको छ ।

गाउँपालिकाले आगामी माघ महिनामा सिद्धगुफा महोत्सव आयोजना गरी सिद्धगुफाको प्रचारप्रसार गर्ने लक्ष्य राखेको छ । बन्दीपुर बजारलाई थप आकर्षक बनाइने र यसलाई पौराणिक सहरको रुपमा विकास गरिने लक्ष्य राखिएको उनले जानकारी दिए ।  

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १२ : २२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको