पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धि कागजात पेस गर्न निर्देशन « Khabarhub

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धि कागजात पेस गर्न निर्देशन


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धि कागजात माग गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यस्तै बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र यकिन गरि हावसाविक गरि कोषको नाममा लालपूर्जा लिने निर्णय गर्न पनि कोषलाई निर्देशन दिएको छ । 

त्यस्तै गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटेलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । बैठकले पशुपतिको गुरुयोजनालाई समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको उनले बताए ।

त्यस्तै बैठकले पशुपति क्षेत्रमा सञ्चालनमा रहेको विद्युतीय शव दाहगृहको संख्या थप गर्न निर्देशन दिएको छ । बैठकमा सांसदहरुले कार्यकारी निर्देशक नियुक्तिका विषयमा प्रश्न उठाउँदै समितिले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ०७ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै