युरोपेली आयोगका पूर्वप्रमुख डेलोर्सको निधन « Khabarhub

युरोपेली आयोगका पूर्वप्रमुख डेलोर्सको निधन


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पेरिस– युरोपेली आयोगका पूर्व प्रमुख तथा युरोपेली सङ्घको ऐतिहासिक एकल मुद्रा परियोजना स्थापना कर्ता व्यक्तित्व ज्याक डेलोर्सको ९८ वर्षको उमेरमा निधन भएको अल जजीराले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार पेरिसमा आफ्नै घरमा राति सुतिरहेको अवस्थामा मृत्यु भएको हो । डेलर्सले  सन् १९८५-०९४ को अन्त्यसम्म तीन कार्यकालका लागि युरोपेली आयोगको अध्यक्षको रूपमा सेवा गरेका थिए। 

युरोपेली आयोग प्रमुखको रूपमा डेलोर्सको कार्यकालको दशकमा इयूले आफ्नो एकीकृत एकल बजार प्रवर्द्धन गर्दै एकल मुद्रा युरो लागू गरेको थियो । 

फ्रान्सेली राजनीतिको एक प्रमुख व्यक्तित्व, डेलोर्सले सन् १९८१ देखि सन् १९८४ सम्म राष्ट्रपति फ्रान्कोइस मिटर्रान्डको नेतृत्वमा अर्थमन्त्रीको रूपमा पनि काम गरेका थिए । 

फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँले इयूका पूर्व नेतालाई युरोपको अतुलनीय वास्तुकार र मानव न्यायका लागि लडाकुको रूपमा सम्झँदै उनीप्रति अन्तिम सम्मान व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : २० बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय