नगरपालिकाद्वारा दमौली अस्पताललाई छ लाख अनुदान  « Khabarhub

नगरपालिकाद्वारा दमौली अस्पताललाई छ लाख अनुदान 


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।

सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । यही पुस २५ गते हुन गइरहेको ४०औँ व्यास नगरसभासमक्ष उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको उनले बताएका छन् । 

दमौली अस्पतालमा स्तरोन्नतिका लागि यसअघि पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आए पनि स्तरोन्नति नभएकाले हालको अवस्थामा नगरपालिकाले अनुदान दिएर सेवालाई निरन्तर गर्न लागेको हो । आव २०८०-८१ का लागि सडक बोर्डअन्तर्गतका रु एक करोड ३५ लाख ७२ हजार बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतिका लागि सडक बोर्ड नेपालसमक्ष पेस गर्ने निर्णय गरेको छ । 

पुस ९ गतेदेखि निर्मल माध्यमिक विद्यालयमा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकामा खेलाडी विद्यार्थीलाई हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरेको छ । व्यास नगरपालिकाअन्तर्गतका विद्यालयका विद्यार्थीले १५ स्वर्ण, एक रजत, १९ कास्यसमेत गरी २५ पदक प्राप्त गरी जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ५ : ०७ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा