राष्ट्रियसभा निर्वाचन : मापदण्डका आधारमा उम्मेदवार बनाउन कांग्रेसको सुझाव  « Khabarhub

राष्ट्रियसभा निर्वाचन : मापदण्डका आधारमा उम्मेदवार बनाउन कांग्रेसको सुझाव 


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूबाट राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने, नयाँलाई अवसर दिनुपर्ने लगायतका सुझाव आएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

पार्टीले न्याय गर्नुपर्ने, पार्टीका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, फरक नीतिहरू महासमितिले पारित गर्नुपर्ने लगायतका सुझाव आएको उनले बताए ।

त्यस्तै सोमबार प्रज्ञा भवनमा मनाइने राष्ट्रिय मेलमिलाप दिवसलाई प्रभावकारी रुपमा मनाउनुपर्ने र अन्य दलहरूलाई समावेश गराउनुपर्ने सुझाव समेत आएको विश्वकर्माले जानकारी दिए । 

बैठकमा पार्टी सांगठनिक विषय, महासमिति बैठकको तयारी, मेलमिलाप दिवस, राष्ट्रियसभा निर्वाचन, समुदायमा कांग्रेस, सरकारका रहेका मन्त्रीहरूको काम लगायतका विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ०७ बजे

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई