रविको विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै  « Khabarhub

रविको विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै 


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पछिल्लो समय पार्टी सभापति रवि लामिछानेसँग जोडिएका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर अनौपचारिक छलफल भइरहे पनि औपचारिक छलफलका लागि बैठकको तयारी गरिएको हो ।

रास्वपाको पछिल्ला घटनाक्रमबारे खबरहबसँग कुरा गर्दै अर्यालले भने, ‘हामी आन्तरिक छलफलमा छौँ । आज चितवनमा सभापति ज्यूको सार्वजनिक सुनुवाइ थियो । भोलि फेरि मेरो छ । सम्भवतः हामी आइतबार सोमबारसम्म केन्द्रीय कमिटी बैठक राखेर छलफल गछौं ।’

पछिल्लो समय विभिन्न सहकारीबाट रकम उठाएर रास्वपा सभापति रवि लामिछानेले  ग्यालेक्सी टिभीमा लगानी गरेको लगायतका समाचार आइरहेका छन् । जसलाई लिएर लामिछानेले खण्डन गरे पनि यसबारेमा पार्टीका कुनै औपचारिक छलफल भएको छैन ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : ३८ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन