रविको विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै  « Khabarhub

रविको विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै 


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पछिल्लो समय पार्टी सभापति रवि लामिछानेसँग जोडिएका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर अनौपचारिक छलफल भइरहे पनि औपचारिक छलफलका लागि बैठकको तयारी गरिएको हो ।

रास्वपाको पछिल्ला घटनाक्रमबारे खबरहबसँग कुरा गर्दै अर्यालले भने, ‘हामी आन्तरिक छलफलमा छौँ । आज चितवनमा सभापति ज्यूको सार्वजनिक सुनुवाइ थियो । भोलि फेरि मेरो छ । सम्भवतः हामी आइतबार सोमबारसम्म केन्द्रीय कमिटी बैठक राखेर छलफल गछौं ।’

पछिल्लो समय विभिन्न सहकारीबाट रकम उठाएर रास्वपा सभापति रवि लामिछानेले  ग्यालेक्सी टिभीमा लगानी गरेको लगायतका समाचार आइरहेका छन् । जसलाई लिएर लामिछानेले खण्डन गरे पनि यसबारेमा पार्टीका कुनै औपचारिक छलफल भएको छैन ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ३८ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको