दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने सरकारको निर्णय, युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन, राष्ट्रियसभा निर्वाचन : मापदण्डका आधारमा उम्मेदवार बनाउन कांग्रेसको सुझाव, बार काउन्सिलले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट, शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै गर्भनर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, यति एयरलाइन्सको विमान दुर्घटनामा मानवीय त्रुटि रहेको निष्कर्षलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने सरकारको निर्णय


सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।

युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप विजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् ।

बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।

राष्ट्रियसभा निर्वाचन : मापदण्डका आधारमा उम्मेदवार बनाउन कांग्रेसको सुझाव


नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूबाट राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने, नयाँलाई अवसर दिनुपर्ने लगायतका सुझाव आएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बिमस्टेकको भावी कार्यदिशा निर्धारण नेपालका लागि महत्वपूर्ण अवसर : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एनपी साउदले बिमस्टेकको भावी कार्यदिशा तथा प्राथमिकताहरू निर्धारण गर्ने कार्य नेपालका लागि महत्वपूर्ण अवसर रहेको बताएका छन् ।

बिहीबार नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित बिमस्टेकको भावी कार्यदिशा विषयक संवाद कार्यक्रममा उनले उनले यस्तो बताएका हुन् ।

बार काउन्सिलले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट
खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सामेल नगराएर नेपाल कानुन व्यवसायी परिषद ९बार काउन्सिल० ले अदालतको अवहेलाना गरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई पनि अधिवक्ताको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो ।

शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै गर्भनर अधिकारीविरुद्ध सर्वोच्चमा रिट


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् ।

राष्ट्रपति पौडेल र जापानी राजदूतबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचन: ७ जना निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातजना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।

विभिन्न जिल्ला अदालतका न्यायाधीशहरूलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धि कागजात पेस गर्न निर्देशन


संसदीय समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धि कागजात माग गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

यति एयरलाइन्सको विमान दुर्घटनामा मानवीय त्रुटि रहेको निष्कर्ष
गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : ०८ बजे

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत

उपप्रधानमन्त्री यादवको तर्क- जसपाको फुटले सरकारलाई असर गर्दैन

भक्तपुर- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी

जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–३  छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको

हुन्डीको ९८ लाखसहित पक्राउ परेका युवा सुन तस्करीमा पनि संलग्न !

काठमाडौं-काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक समयमा सुरु भएन 

काठमाडौं– अहिलेसम्म प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको