पहिलो टेस्ट क्रिकेटमा भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित « Khabarhub

पहिलो टेस्ट क्रिकेटमा भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो टेस्ट क्रिकेटमा भारतमाथि दक्षिण अफ्रिकाले ३२ रनको इनिङ अन्तरले हराएको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

तेस्रो दिनको दोस्रो इनिङमा भारत १ सय ३१ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले शानदार जित दर्ता गरेको हो । दोस्रो इनिङमा भारतका ब्याटर चल्नै सकेनन् । विराट कोहलीले ८२ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनमा आउट भए । शुभमन गिल २६ रनमा आउट भए ।

भारतका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर यशस्वी जैसवाल ५, रोहित शर्मा शून्य, श्रेयस ऐर ६ र लोकेश राहुल ४ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले १० ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडाले दुई र मार्को यानसनले तीन विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिका पहिलो इनिङमा ४ सय ८ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाको जितमा ओपनर डिएन एल्गरले २ सय ८७ बलमा २८ चौकासहित १ सय ८५ रनको शानदार शतकीय इनिङ खेले । उनी शार्दुल ठाकुरको बलमा लोकेश राहुलबाट क्याच आउट भएपछि दोहोरो शतक पूरा गर्न सकेनन् ।

मार्को यानसन १ सय ८७ बलमा ११ चौका र १ छक्कासहित ८४ रनमा नट आउट रहे । डेब्यू खेल खेलेका डेविड बेडिंघम ८७ बलमा ७ चौका र २ छक्कासहित ५६ रनमा आउट भएका थिए ।

भारतका जस्प्रित बुमराहले सर्वाधिक ४ विकेट लिए । मोहम्मद शिराजले दुई, ठाकुर, प्रसिद्ध कृष्णा र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २ सय ४५ रनमा अल आउट भएको थियो । भारतका लोकेश राहुलले १ सय ३७ बलमा १४ चौका र ४ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

विराट कोहलीले ६४ बलमा ५ चौकासहित ३८ रन बनाएका थिए । ओपनर यशस्वी जैसवाल १७, रोहित शर्मा ५, शुभमन गिल २, श्रेयस ऐर ३१, रविन्द्रन आश्विन ८, शार्दुल ठाकुर २४, जस्प्रित बुमराह १ र मोहम्मद शिराज ५ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक पाँच विकेट लिए । डेब्यू खेल खेलेका नान्द्रे बर्गरले ३, मार्को यानसन र जेराल्ड काट्जीले १–१ विकेट लिए । दोस्रो टेस्ट ३ जनवरी देखी सुरु हुनेछ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : ०६ बजे

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको