अपहरण परेको छत्तीस घण्टापछि शिशुको सकुशल उद्धार « Khabarhub

अपहरण परेको छत्तीस घण्टापछि शिशुको सकुशल उद्धार


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको गौशालाबाट अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी शिशु आशिका सुनुवारलाई ३६ घण्टापछि प्रहरीले सकुशल अपहरणमुक्त गरेको छ।

नेपाल प्रहरीको एक टोलीले आज भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलबार चिया खान आएका व्यक्तिले लगेको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजी सुरु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको संयुक्त टोलीले आज भक्तपुरबाट बालिकाको उद्धार गरेर अभिभावकलाई बुझाएको हो । बालिका अपहरणको आरोपमा एकजनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १० : ५७ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला