धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा परी २५ जना घाइते, तीनको अवस्था गम्भीर « Khabarhub

धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा परी २५ जना घाइते, तीनको अवस्था गम्भीर


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये तीन जना गम्भीर छन्।

धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए।

घाइत ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको छ।

निमित्त प्रजिअका अधिकारीले घाइतेलाई अस्पताल पुर्याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको जानकारी दिएका छन्। यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : २७ बजे

ड्रोन आक्रमणबाट अमेरिकी ठेकेदार मारिए, पाँच अमेरिकी सेना घाइते

वासिङ्टन – उत्तरपूर्वी सिरियास्थित अमेरिकी आधार शिविरमा बिहीबार भएको ड्रोन

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

काठमाडौँ-राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । तथ्यांक

तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी

झापा – तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

सुन्दरहरैचा-सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको पहल

काठमाडौँ-मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ