‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’ | Khabarhub Khabarhub

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

गण्डकी – एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ। गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो।

एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन्। गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो। राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता-दर्शकको मन जित्न सफल भएका हुन्।

गायक पेलाकै सङ्गीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन्। गजलमा सङ्गीत संयोजन रिदम कँडेलले भरेका हुन्। शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ।

सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन्। खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ।

पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ। डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोर्‍याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ। न कुनै कथानक, न कोही पात्र। गीतको म्युजिक भिडियो पनि सामान्य छ।

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ। लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ। मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो।

गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ। बैतडीमा जन्मनुभएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन्।

उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन्। गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए।

हेर्नुस् भिडिओसहित

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : १० बजे

विद्यालाई रोक्न एमालेको हरसम्भव प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी

विराटनगर– पूर्उराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन

निजी मेडिकल कलेजमा सिट संख्या बढाउने आयोगको निर्णयप्रति स्वास्थ्यकर्मीको आपत्ति  

काठमाडौं– चिकित्सा शिक्षा आयोगले गरेको निजी मेडिकल कलेजमा एमबीबीएस र

विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भद्रपुर– दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक