गोविन्दा : हिरो बन्न २४ लाख गायत्री मन्त्र जप « Khabarhub

गोविन्दा : हिरो बन्न २४ लाख गायत्री मन्त्र जप


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए। एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो। ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे।

गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए। उनको सोही वर्ष  अर्को फिल्म ‘लव डट’ रिलिज भयो। दुवै फिल्म बक्सअफिसमा सुपरहिट भयो। यद्यपि सन् १९९२ मा रिलिज फिल्म ‘शोला और शबनम’ले गोविन्दाले कमेडी किंगको पदक नै पाए। आफ्नो करियरमा १ सय ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका गोविन्दाले कम उमेरमै सफलता पाए। उनी जहिल्यै आमालाई यसको श्रेय दिन्छन्।

गोविन्दाका अनुसार उनले केवल १४ वर्षकै उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेका थिए। ‘मैले जे पाएँ, आमा बाबुको आशीर्वादबाट पाएँ। खास रुपमा आमाको नाम यसकाण लिन्छु कि जब म १४ वर्षको थिएँ। त्यो बेला आमाले मलाई गायत्री उपासना गर्नु भन्नुभयो। मैले २४ लाख गायत्री उपासना गरेँ। म कहिल्यै हिरो देखिन्न थिएँ। तर गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालेँ’, उनले भनेका छन्।

गोविन्दाले मात्र २२ वर्षको उमेरमा एकसाथ ५० फिल्म साइन गरेका थिए। यस्तो घटना मुम्बई फिल्म उद्योगमा कहिल्यै भएन। यति धेरै फिल्म साइन गरेपछि गोविन्दालाई लिएर एक पत्रिकाले कभर स्टोरी गरेको थियो, जसमा उनलाई ‘सुनको अण्डा दिने कुखुरी’ भनिएको थियो।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ५० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको