स्वास्थ्य क्षेत्रमा जुनसुकै सवाल आए पनि स्वास्थ्य मन्त्रालयसँग जोडिन्छ। स्वास्थ्य मन्त्रालयले बच्चाको मुटु बिग्रिएपछि १५ वर्ष भन्दा मुनिका बच्चाको बाथ रोग उपचार गराउन गङ्गालाल अस्पताललाई पैसा दिँदो रहेछ। तर त्यही स्वास्थ्य मन्त्रालयले रियुम्याटिजम भएको बच्चालाई वर्षमा छ सयको पेनिसिलिङ भएर पाँच वर्षसम्म पेनिसिलिङ दिइराखेपछि बच्चाको मुटु बिग्रिन पाउँदैन। त्यसको लागि भने मन्त्रालयले पैसा दिँदैन।
किनभने स्वास्थ्य मन्त्रालयका केही मान्छेलाई गङ्गालालबाट भ्रष्टाचारको लागि पैसा आउँछ। ३० करोड दिन्छ वर्षमा। यो एकदम सत्य हो। यसमा त स्वास्थ्य मन्त्रालयका कर्मचारी मात्र होइन माथिका सबै नेताको संलग्नता हुने रहेछ। यो सबै कुरा नेता र राजनीतिमा अडिएको हुन्छ।
जबसम्म देशका राजनीतिक नेता आफू बिरामी हुँदा अर्थात् डायरिया हुँदा वीर अस्पतालको भीभीआईपी नगई सिंगापुर जानु हुन्छ। जबसम्म प्रचण्ड पत्नीलाई अल्जाइमर हुँदा सिंगापुर पुर्याइन्छ तबसम्म यहाँ केही हुनेवाला छैन। यहाँ त बस्ने मात्र हो। म त यहाँ केही पनि देख्दिन। बस्ने र बोल्ने मात्र हो यहाँ त। नेताहरू कसैले केही गर्दैनन् र केही बोल्दैनन्। गगन थापाले एक जनाले अलिकति बोल्नु भएको थियो। तर त्यो कसैले सुनेन।
स्वास्थ्य मन्त्रालयमा न्युट्रीसनको कुरामा बच्चालाई बाल भिटा र प्लम्पिनट खुवाएर न्युट्रीसन कम गराउने भन्छ। त्यो हुँदैन। त्यो प्लम्पिनट गाउँगाउँमा फालेको छ भनेर १० पटक भनिसकेँ तर मन्त्रालयले दिन्छ। किनभने त्यहाँ युनिसेफसँग कसको कस्तो अन्तर्राष्ट्रिय साठगाँठ छ। त्यसैले मन्त्रालय सुन्दैन। उसलाई थाह छ प्लम्पिनटले काम गर्दैन, बाल भिटाले काम गर्दैन। तर पनि सुन्दैन किनभने कुन मन्त्रीले उसलाई पैसा दिएको छ।
यहाँ राम्रो पक्ष केही छैन। एउटा रियुम्याटिजमको बच्चालाई वर्षमा ६ सयको पेनिसिलिङले काम गर्छ। त्यसको लागि गङ्गालाललाई ३० करोड दिनु पर्दैन। एक करोड भयो भने नेपाल भरका ३० हजार बच्चालाई रियुम्याटिजमको औषधि पुग्छ। त्यो चाहिँ नदिने तर ३० करोड लगेर सुटुक्क गङ्गालाललाई दिने ? गङ्गालाललाई नदिने हैन दिनुपर्छ तर त्यो बच्चाको आमाबुवा गङ्गालालमा आएर कति बस्ने ?
सबै कुरा आएर प्रचण्ड, ओली वा, माधव वा, देउवा वा, जो जो सरकारमा छन् उनीहरु जिम्मेवार छन्। आमा, वा अर्थात् नेताहरुको घैटोमा घाम लाग्दैन तबसम्म यो देशमा केही हुनेवाला छैन। जबसम्म उहाँहरू पेट दुख्यो भनेर पूर्व राष्ट्रपति जापान जानु हुन्छ। हाम्रो मन्त्री वीर अस्पताल नगएर भारतको मेदान्त जानु हुन्छ। आरजु देउवाको हिप ट्रान्सप्लान्ट भरतको भीभीआईपी ठाउँमा हुन्छ अनि देशको अवस्था सुध्रिदैन। हामी जो जति बोले पनि केही हुँदैन। यसरी सबै कुरा राजनीतिसँग जोडिन्छ।
नर्वे, स्वीट्जरल्याण्डको राजनीति त परको कुरा भारतका प्रधानमन्त्री मोदीलाई हेर्न सकिन्छ। बिरामी भइहाले उनी एम्समा जान्छन्। कहिल्यै सिंगापुर जाँदैनन्। तर हाम्रो नेताहरूको लाइन लागेर बाहिर जान्छन्। सुजता कोइराला ५० लाख खर्च गरेर क्यान्सरको उपचार गर्न सिंगापुर गइन। यो उपचार पाँच लाखमा नेपालमा मजाले हुन्छ। मेरै साथीहरूले स्तन क्यान्सरको उपचार गरिरहेका रहेका छन्। यो सबै कुरा आएर राजनीतिमा जोडिन्छ।
स्वास्थ्य मन्त्रालयले अस्पताल र डाक्टर मात्र देख्छ स्वास्थ्य प्रणालीमा अरू कुरा उसले देखेकै छैन। स्वास्थ्य भनेको अस्पताल र डाक्टर, नर्स औषधि मात्र होइन? एउटा हाम्रो आयुर्वेदिक प्रणाली छ, परम्परागत ज्ञानको प्रणाली छ। त्यसको बारेमा त छलफल नै हुँदैन। न्युट्रेसनको समस्या कर्णालीका बच्चामा धेरै छ। सरकारले जति भनेको छ त्यो भन्दा बाहिर धेरै छ।
अझ कर्णालीका दलितमा जानु भयो भने त ९० प्रतिशत नै समस्या होला। त्यो बच्चालाई प्लम्पिनट बाल भिटा खुवाएर केही हुँदैन ? जति कुरा भने पनि उस्तै हो। त्यसैले जबसम्म नेताको बुद्धिमा सुधार हुँदैन, तबसम्म जनताका लागि मैले काम गर्नु पर्दछ भन्ने सोचाइ आउँदैन। यो शैलीले देशमा केही पनि हुँदैन। अहिले मेरो काम त नेतालाई गाली गर्ने मात्र भएको छ।
(खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा डा. अरुणा उप्रेतीले राखेको धारणाको सम्पादित अंशः)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया