आजका समाचार : बोलाइयो संघीय संसद्को अधिवेशन, देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै, ओमानविरुद्ध नेपालको जित र इरानी विदेशमन्त्री चीनतिर « Khabarhub

आजका समाचार : बोलाइयो संघीय संसद्को अधिवेशन, देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै, ओमानविरुद्ध नेपालको जित र इरानी विदेशमन्त्री चीनतिर


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को मंगलबारको सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन आह्वान गरिएको हो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा तोकिएको मितिमा संसद् बैठक बस्ने उल्लेख गरिएको छ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । सरकारले विभिन्न ८ वटा अध्यादेश जारी गरेपछि संसद् अधिवेशन बोलाएको हो ।

राष्ट्रपति पौडेलले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति
रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको छ । मन्त्रालयको त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज यहाँ भएको बैठकमा सो जानकारी दिइयो ।

मन्त्रालयअन्तर्गत कोशी कोरिडोर (च्याम्ताङ–घोङ्घप्पा)सडक आयोजना, कर्णाली सडक आयोजना र बेनिघाट–आरुघाट–लार्केभञ्जाङ सडक आयोजनाको यस अवधिमा १०० प्रतिशत भौतिक प्रगति भएको देखिएको छ । त्यस्तै, महाकाली कोरिडोर (तुषारपानी–टिंकर) सडक आयोजनाको प्रगति ८२ दशमलव ९९ प्रतिशत र राष्ट्रिय चुरे संरक्षण कार्यक्रमको प्रगति ८० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मन्त्रालयअन्तर्गत काठमाडौँ–तराईरमधेस दू्रतमार्ग सडक आयोजनाको ३४ दशमलव चार प्रतिशत, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको ३५ दशमलव ७३ प्रतिशत र बंकरदेखि ब्यारेक आयोजनाको प्रगति २३ दशमलव ५० प्रतिशत प्रगति रहेको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले कोरिडोर निर्माणमा ‘ट्र्याक’ खोल्नका लागि आवश्यक बजेटको कमीले क्षमताअनुसार काम गर्न नसकिएको बताए। साथै उनले आफूहरूको ध्यान दू्रतमार्ग आयोजना सम्पन्न गर्नमा बढी केन्द्रित रहेको उल्लेख गर्दै आयोजनामा देखिएका चुनौती समाधानका लागि वर्तमान परिस्थितिमा थप सहज हुने अपेक्षा गरे।

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

व्यवसायीलाई त्रसित बनाउने र पक्रिने काम रोकौँ : अध्यक्ष पाण्डे

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश

सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान

मालपोत कार्यालयको नाम फेरियो

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो
सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात व्यक्तिको घरमै वितरण गर्न थालेको छ । हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ ।

गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो ।

उक्त योजना कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूसँग कार्यप्रगति र देखिएका समस्याको सन्दर्भमा निरन्तर समन्वय तथा छलफल गरिरहेका छन् ।

सञ्चार मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र तिनका मातहतका निकायहरू पनि सक्रियतापूर्वक लागिरहेका छन् ।

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग

दशरथ रंगशालामा ३ हजार बढी सुकुम्वासीले टिपाए नाम
काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा बसेर प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन् ।

रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी परिवारहरूलाई फारम भर्न लगाउने तथा आवश्यक विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रभावित नागरिकहरूको आधारभूत आवश्यकता सम्बोधन गर्न विभिन्न सहायक सेवाहरू पनि सञ्चालनमा ल्याइएको छ ।

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा

वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

बीपी राजमार्गमा राति गाडी चलाउन रोक, यस्तो छ सडकको अवस्था (तस्बिरहरू)

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल ८१ रनले विजयी भएको छ । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमन ३९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १७५ रनमा समेटियो ।

नेपालका लागि गुल्शन झा एक्लैले पाँच विकेट लिए । त्यस्तै, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

ओमानका विनायक शुक्लाले ४१ बलमा ३६ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, हमिद मिर्जाले ५१ बलमा ३४ रन जोडे । उनले चार चौका प्रहार गरे । ४३ बलमा २९ रन जोडेका ओमनका हस्नैन उल वहाबले तीन चौका र एक छक्का प्रहार गरे ।

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ ।

विज्ञप्ति जारी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८–९ मा युद्धविराम घोषणा गर्नु भएको छ, भने युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गरेका छन् ।

किएभ प्रशासनले विश्व युद्धको विजय उत्सवको ८१ औँ वार्षिकोत्सवको कार्यक्रममा बाधा पुर्याउने उद्देश्यले आपराधिक कार्य गर्ने प्रयास गरेमा रूसी सशस्त्र बलले किएभको केन्द्रमा प्रतिक्रियात्मक आक्रमण गर्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले मे ५ देखि ६ को मध्यरातदेखि छुट्टै युद्धविराम सुरु गर्ने घोषणा गरेका हुन्। यो समय अवधिमा मौन र शान्ति सुरक्षाको सुनिश्चित भएको अवस्था रहने उनले बताएका छन् ।

रूसमा मे –९ मा दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने लाखौं मानिसहरूको सम्झनामा विजय दिवस मनाउनु गरिन्छ ।

चीनको हुनानमा पटाखा कारखाना विस्फोट : २१ जनाको मृत्यु, ६१ घाइते

इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै

इरान-अमेरिका तनाव : फुजैराह विस्फोटले विवाद, होर्मुजमा झन् गहिरिँदो संकट

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै





























प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ५७ बजे

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको