नवलपरासी पूर्वमा २८ कुष्ठरोगी उपचाररत « Khabarhub

नवलपरासी पूर्वमा २८ कुष्ठरोगी उपचाररत


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ।

जिल्लामा अहिले नयाँ र पुराना गरी २८ कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन्। औषधि सेवन गरिरहेका कुष्ठरोगीमध्ये १२ पुरुष र १६ महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताए।

“अहिले गैँडाकोट नगरपालिकामा १२ जना कुष्ठरोगी रहनुभएको छ”, प्रमुख चापागाईंले भने, “देवचुली नगरपालिकामा छ, कावासोती नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा तीन, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा एक-एक कुष्ठरोगी औषधि सेवन गरिरहनुभएको छ।”

नयाँ फेला परेका कुष्ठरोगीमध्ये पुरुष सात र महिला एक जना छन्। “जिल्लाको मध्यविन्दु नगरपालिकामा एक पुरुष, गैँडाकोट नगरपालिकामा एक जना पुरुष एक महिला, हुप्सेकोट गाउँपालिकामा एक पुरुष र कावासोती नगरपालिकामा एक पुरुष नयाँ कुष्ठरोगी भेटिएका छन्।” उनले भने,  “नयाँ फेला परेका कुष्ठरोगीले नियमित औषधि सेवन गरिरहेका छन्।”

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत आव २०७८-७९ को असारसम्म २३ जना कुष्ठरोगी फेला परेका थिए। आव २०७७÷७८ को असारसम्म जम्मा सङ्क्रमितको सङ्ख्या ३५ थियो। “जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरेको छ”, प्रमुख चापागाईंले भने, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत् जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ।”

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो। यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो। अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छ्युँ गर्दा रोग सर्ने सम्भावना रहन्छ।

उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन। “मुख्यरूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै प्रमुख चापागाईले भने, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांशपेशीलाई कमजोर पार्छ।”

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खा आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन्।

नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत् निःशुल्क रूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ। प्रत्येक वर्ष जनवरी २९ तारिकका दिन मनाइँदै आइएको विश्व कुष्ठरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ। ७०औँ विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ तय गरिएको छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : ०५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी