शनिबार हराएकी बालिका पोखरीमा मृत फेला « Khabarhub

शनिबार हराएकी बालिका पोखरीमा मृत फेला


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन् ।

आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १२ : ४२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह