पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको ज्यान गएको छ । दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा बस पुलबाट खसेर आगलागी भएको जनाइएको छ ।

बस पुलको पिलरमा ठोक्किएर तलतिर खसेको सुरक्षा अधिकारीले जनाएका छन् । दुर्घटनाग्रस्त बसमा ४८ जना यात्रु सवार रहेको र तीन जनालाई भने घटनास्थलबाट जीवितै उद्धार गरिएको छ ।

राजमार्गमा कमजोर सुरक्षा र चालकको लापरवाहीका कारण पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । पाकिस्तानमा यात्रुवाहक बसमा क्षमताभन्दा धेरै यात्रु चढाउने र सिट बेल्टको प्रयोग अत्यन्त कम हुने भएकाले सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या धेरै हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : २५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर