पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको ज्यान गएको छ । दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा बस पुलबाट खसेर आगलागी भएको जनाइएको छ ।

बस पुलको पिलरमा ठोक्किएर तलतिर खसेको सुरक्षा अधिकारीले जनाएका छन् । दुर्घटनाग्रस्त बसमा ४८ जना यात्रु सवार रहेको र तीन जनालाई भने घटनास्थलबाट जीवितै उद्धार गरिएको छ ।

राजमार्गमा कमजोर सुरक्षा र चालकको लापरवाहीका कारण पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । पाकिस्तानमा यात्रुवाहक बसमा क्षमताभन्दा धेरै यात्रु चढाउने र सिट बेल्टको प्रयोग अत्यन्त कम हुने भएकाले सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या धेरै हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : २५ बजे

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार