ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु | Khabarhub Khabarhub

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३ ०१ ००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका २४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा सङ्लग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भट्टले बताए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ५४ बजे

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड