पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुचारु « Khabarhub

पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुचारु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्सरे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’ को ‘रिडर’ र ‘प्रिन्टर’ दुबै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्सरे’ सेवा ठप्प बनेको थियो ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्सरे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ । ‘एक्सरे’मा देखिएको समस्याबारे स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपलब्ध भएको थिएन ।

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि उनकै पहलमा अस्पतालले आधुनिक उच्च प्रविधिको ‘डिजिटल एक्सरे मसिन’ पाएको हो । स्वास्थ्यमन्त्री गिरीले एक्सरे आपूर्ति गरिहाल्न स्वास्थ्य सेवा विभागसँग समन्वय गरेपछि अस्पतालमा नयाँ उपकरण आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।

“मेसिन आपूर्ति गर्न छ महिनादेखि धाइरहेका थियौँ”, डा. अधिकारीले भनिन्, “अहिले स्वास्थ्यमन्त्रीसँग कुरा राखेपछि समस्या समाधान भयो ।” डिजिटल एक्सरे मेसिन स्वास्थ्यमन्त्री गिरीले नै अस्पतालका अध्यक्ष शङ्कर गिरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कूल एक करोड ४४ लाख रुपैयाँ मूल्य पर्ने उक्त उपकरण मन्त्री गिरीले आफू मन्त्री भएपछि पहिलो पटक जिल्लामा आएको अवसरमा गत बुधबार अस्पताललाई दिएका हुन् । पर्वत अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेकाले केही उपकरण अहिले नै हस्तान्तरण गरिएको र आगामी पाँच वर्षभित्र सातवटै स्थानीय तहमा सुविधा र जनशक्तिसहितका अस्पताल रहने मन्त्री गिरीको भनाइ छ ।

उपकरण आएसँगै अस्पतालले प्रविधिमा थप सहज अवस्था हासिल गरेको अस्पताल विकास समितिका अध्यक्ष गिरीले बताए । पर्वत अस्पतालमा ५० शय्या क्षमताअनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराइदिन उहाँले मन्त्री गिरीसँग अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको