डोजर आतंक मच्चाएको भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन (तस्वीरहरु) « Khabarhub

डोजर आतंक मच्चाएको भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन (तस्वीरहरु)


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाविरुद्ध स्थानीयबासीले प्रदर्शन गरेका छन् । काठमाडौंबासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंवासी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएर पराजित भएका सुमन सायमी पनि सहभागी छन् ।

 

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : ३३ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा