नर्सलाई कम तलब सुविधा दिने अस्पताललाई कारवाही हुन्छ : स्वास्थ्यमन्त्री पदम गिरीले « Khabarhub

नर्सलाई कम तलब सुविधा दिने अस्पताललाई कारवाही हुन्छ : स्वास्थ्यमन्त्री पदम गिरीले


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री निति बनाउनका लागि सक्रिय भूमिका खेल्ने बताएका छन् । बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरुको सेवासुविधा वृद्धि गर्नका लागि सक्रिय भूमिका खेल्ने उनको भनाइ छ ।

नेपाल नर्सिङ संघको ६१औं वार्षिकोत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उनले भने ‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ ।’ उनले भने,‘ नर्सहरुले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने आठ दश हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिई श्रमको शोषण गर्ने कुरा कुने पनि हालतमा ठिक हुँदैन ।’

उनले नर्सलाई कम तलब सुविधा दिने अस्पताल र निजी स्वास्थ्य संस्थाको अनुगमन गरिने र आवश्यकताअनुसार कारवाही गरिने समेत बताए । उनले यस्तो गरेको प्रमाण भेटिएको खण्डमा स्वास्थ्य संस्थाको नवीकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्ने उनको भनाइ छ ।

उनले बिरामीको उपचारमा नर्सको भूमिका महत्वपूर्ण हुने भएकाले नर्सहरुलाई राम्रो सेवा दिइनुपर्ने बताए । ‘बिरामीको उपचारमा सक्रिय रहने नर्सहरुले मुस्कानसहितको सेवा दिनुपर्छ, बिरामीलाई मुस्कानसहित सेवा दियो भने आधा रोग आफैं ठिक हुन्छ पनि भनिन्छ,’ उनले भने, ‘नर्सिङ पढ्दा तपाईहरुको मुहारमा सधैं हाँसो हुन्थ्यो । यो पेशामा लागेपछि हाँसो नै गुम्यो । बिरामी आउँछ, ऐया गर्छ, बिरामी ऐया र आत्था गर्दा तपाई हाँस्नसक्नुहुन्न । बिस्तारै नहाँस्ने लत नै बस्यो होला । तर तपाईहरुको अनुहारमा हाँसो आवश्यक छ । तपाईहरु हाँस्दा बिरामीले पनि राहत महसुस गर्छ ।’

संवेदनशिल पेशा भएकाले नर्सहरुमा धैर्यता जरुरी रहने उनले बताए । ‘तपाईहरु यो पेशामा आउँदाखेरी नै यो पेशाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनुभएको छ । त्यसैले जस्तोसुकै बेलामा पनि धैर्याता चाहिन्छ । तपाईहरुको सानो लापरवाहीले एकजनाको ज्यान जानसक्छ । उसका बालबच्चा टुहुरा हुनसक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन् । त्यसैले नर्सहरुको काँधमा ठूलो अभिभारा हुन्छ ।’

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : ४१ बजे

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस

काठमाडौं- आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर