सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गर्‍यो : डा. शेखर कोइराला « Khabarhub

सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गर्‍यो : डा. शेखर कोइराला


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गरेको भन्दै खेद प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरेर डा. कोइरालाले सूचनाको हक र यससम्बन्धी कानूनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहनेगरी निर्णय गरेको भन्दै खेद प्रकट गरेका हुन् । उनले उक्त निर्णय फिर्ता लिन समेत माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानले ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र,नागरिक शसक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक हो । सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरि निर्णय गरेकोमा खेद प्रकट गर्दछु। अबिलम्ब यो निर्णय फिर्ता गर्न म सरकारसँग माग गर्दछु।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : ५५ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान