अयोध्या लैजाने शिला जनकपुरमा, जानकी मन्दिरमा विशेष पूजा « Khabarhub

अयोध्या लैजाने शिला जनकपुरमा, जानकी मन्दिरमा विशेष पूजा


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट त्यसतर्फ पठाउन लागिएको शिला (ढुङ्गा) जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको शिलामा आज बिहान महापूजा समेत गरियो  ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधु, महन्थ र श्रद्धालु भक्तजनले मन्दिर प्राङ्गणमा  महापूजा गरेका थिए ।  महन्थ रामतपेश्वरका उत्तराधिकारी रोशन दासले शिलामा  पूजाका लागि आज दिनभर मन्दिर प्राङ्गणमा राखिने र भोलि बिहान शोभायात्रासहित जनकपुरधाम परिक्रमा गरी अयोध्या लगिने जानकारी दिए ।

उनले जानकी मन्दिरका महन्थ दास, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत श्रद्धालुले  शिला लिएर त्यसतर्फ जाने कार्यक्रम रहेको बताए । महापूजा समारोहमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, नेता निधि, एमाले नेत्री जुलीकुमारी महतो महासेठ लगायतको उपस्थिति  थियो ।

‘नेपालको सौभाग्य’

भारतको अयोध्यामा लामो विवादपछि सर्वोच्च अदाललतको आदेशमा राममन्दिर निर्माण हुँदैछ । मार्च २०२० देखि निर्माण सुरु भएको मन्दिर आगामी सन् २०२४ जनवरीमा निर्माण गरिसक्ने लक्ष्य रहेकामा त्यसको मुख्य गर्भ मागमा राखिने भगवान्को रामको बालापनका नेपालको ढुङ्गाबाट निर्माण हुँदैछ । “विश्वविख्यात अयोध्या नगरीमा बन्ने राममन्दिरमा नेपालको शिलाबाट निर्मित मूर्ति राख्ने कुरा अत्यन्त महत्वपूर्ण छ’ सहायक महन्थ रोशन दासले भने, “यसले नेपाल र भारतको ऐतिहासिक सम्बन्धलाई दर्शाउने मात्रै छैन विश्वमै नेपालको गाथा पनि विस्तार हुनेछ, जुन हाम्रो लागि सौभाग्यको कुरा हो ।”

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पनि नेपालको पवित्र कालीगण्डकी नदीबाट ल्याइएको शिला अयोध्यामा निर्माण हुने मन्दिरका लागि मूर्ति बनाइनु आफैँमा ऐतिहासिक भएको बताए । उनले भारतमा तमाम नदी र नदीमा ढुङ्गा नभएर नेपालबाट लिइएको नभई नेपालको धार्मिक महत्व र धार्मिक आस्थाका हिसाबले भारतबाट दिइएको उच्च सम्मानको एक अनुपम उदाहरणका रुपमा लिनुपर्ने बताए ।

नेपालबाट भारतमा शिला पठाउन मुख्य भूमिका निर्वाह गरेका नेता निधिले विश्वप्रसिद्ध राम मन्दिरमा नेपालको शिला राख्दा नेपालको धार्मिक महत्व मात्र नभई ऐतिहासिक र पौराणिक महत्वलाई पनि बल पुर्‍याएको बताए । उनले यस कार्यले नेपालमा धार्मिक पर्यटन वृद्धिका लागि कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे ।

अयोध्यामा ७० एकड जमिनमा तीन सय ६० फिट लामो, दुई सय ३५ फिट चौडा र एक सय ६१ फिट अग्लो मन्दिर बन्दैछ । मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा रहेको गर्भगृहमा कालीगण्डकी नदीबाट लागिएको २३ टन र १५ टनका शिलाबाट बनाइने  भगवान् रामको बालापनको मूर्ति राखिने सहायक महन्थ दासले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : ४३ बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्