विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गर्ने तीन जना पक्राउ « Khabarhub

विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गर्ने तीन जना पक्राउ


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ पर्नेमा दोलखा कालिन्चोक ३ का निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का धर्मी गौडेल र सिन्धुली तीनपाटन २ का गणेश बहादुर रानामगर रहेका छन् ।

निरज उप्रेतीले ललितपुरको कुपण्डोलमा सञ्चालन गरेको मदिरा पसलमा खानतलासी गर्दा नक्कली खुकुरी रम फेला पारी अनुसन्धान गर्दा ललितपुर महालक्ष्मी नगरपालीका ५ मा नक्कली मदिरा उत्पादन गर्ने स्थान फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए

प्रहरीले नक्कली गोल्डेन, खुकुरी रम, रुस्लान भोड्कालगायत ब्राण्डका नक्कली मदिरा बरामद गरेको हो ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ५१ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका