उद्योगी व्यवसायीको मनोबल उच्च राख्न परिसङ्घको आग्रह | Khabarhub Khabarhub

उद्योगी व्यवसायीको मनोबल उच्च राख्न परिसङ्घको आग्रह


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग परिसङ्घले पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्मदाह/आत्महत्या गरेको दुःखद् घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको टिप्पणी गरेको छ ।

परिसङ्घले महिनौँदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयास सुरु भएको अवस्थाका बीच पछिल्ला दिनमा घटेका घटनाले अर्थतन्त्रको विकास र व्यावसायिक वातावरणमा सुधारसँग सरोकार राख्ने सबैलाई झक्झक्याएको जनाएको हो ।

परिसङ्घले भनेको छ, “विगत केही समयदेखि नेपाली अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेलामा नेपाल सरकारबाट चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन, आयात फुकुवा, एलसी मार्जिन र निक्षेपमा ब्याजदर घट्नेजस्ता कदमहरूले अर्थतन्त्रलाई चलायमान गर्ने सङ्केत दिएको छ ।”

पर्यटक आवागमन तथा विप्रेषणमा भएको वृद्धि, शोधनान्तर स्थितिमा आएको सुधारलगायतले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको परिसङ्घको ठहर छ । “यस्ता सकारात्मक कदमहरू सरकारले क्रमशः अगाडि बढाउँदै लैजाने हाम्रो विश्वास छ । र केही महिनामै सरकारले लिएका र लिने कदमले तरलताको स्थिति र समग्र मागमा वृद्धि ल्याई अर्थतन्त्र चलायमान हुने”, परिसङ्घको धारणा छ ।

कठिन अवस्थाको संवेदनशीलताका बारेमा सरकार, नियामकीय निकाय पनि जानकार रहेको परिसङ्घको बुझाइ छ । कठिन अवस्थाबाट निकास दिन सबै प्रयासरत छन् भन्ने परिसङ्घको विश्वास रहेको छ ।

“नेपालको निजी क्षेत्र कठिनतम अवस्थालाई चिर्दै अगाडि बढेको विगत छ । सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड महामारीजस्ता अभूतपूर्व कठिन अवस्थामा पटक–पटक यसको पुष्टि भइसकेको छ । विगतमा जस्तै हालको कठिन स्थितिबाट पनि निजी क्षेत्र बाहिर निस्कने क्षमता राख्दछ”, परिसङ्घले उल्लेख गरेको छ ।

“निजी क्षेत्र अर्थतन्त्रको बलियो आधार हो । जसको ७० प्रतिशतभन्दा बढी राजस्वमा योगदान छ । अर्थतन्त्र शिथिल हुँदा र उद्योगी व्यवसायीहरू निरास हुँदा राजस्वमा मात्रै नभई देशको प्रगतिमा नै नकारात्मक असर पर्छ । उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्ने र अर्थतन्त्रलाई चलायमान बनाउने सबैको दायित्व हो । यो जिम्मेवारी निजी क्षेत्रको मात्रै नभई राजनीतिज्ञ, कर्मचारीतन्त्र, वित्तीय संस्था, नागरिक समाजलगायत सबै सरोकारवालाको हो”, परिसङ्घको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ०० बजे

भेडेटारको ‘चार्ल्स भ्यूपोइन्ट जब ‘स्काइवाक टावर’ बन्यो (तस्बिरहरू)

धरान– बेलायतका तत्कालीन युवराज चार्ल्स घुम्दै आउँदा चढेको शैलुङ डाँडा

कृषि उपजलाई बजार अभाव

म्याग्दी– पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका

पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो

वालिङ– पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर

वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज– प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयमार्फत हुने आयात र

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही

काठमाडौ‌ँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा