दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौँमा « Khabarhub

दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौँमा


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँ आएकी छिन् । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौँ आइपुगेकी हुन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राईसहित अन्य नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।

नुल्यान्ड ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन् । उनले राष्ट्रपति बाइडेन, ओबामा र बुश नेतृत्वका सरकार अन्तर्गत उच्च पदहरू सम्हालेकी छिन् ।

नेपाल भ्रमणको क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ५१ बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १