दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौँमा « Khabarhub

दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौँमा


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँ आएकी छिन् । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौँ आइपुगेकी हुन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राईसहित अन्य नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।

नुल्यान्ड ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन् । उनले राष्ट्रपति बाइडेन, ओबामा र बुश नेतृत्वका सरकार अन्तर्गत उच्च पदहरू सम्हालेकी छिन् ।

नेपाल भ्रमणको क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ५१ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ