युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम सुरु « Khabarhub

युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम सुरु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्श, महिला चेम्बरको आयोजनामा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम सुरु भएको हो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले महिला तथा युवाहरुले सूचना प्रविधिको तालिम पाए रोजगारी सिर्जनाका लागि सहयोग पुग्ने बताए । उनले तालिमपछि विभिन्न निकायसँग समन्वय गरेर रोजगारीको व्यवस्था पनि गरिने बताए ।

त्यस्तै महिला चेम्बरकी सचिव लिमा अधिकारीले तालिमका अवधिमा सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान दिइने बताइन् ।

राष्ट्रव्यापी सूचना प्रविधि तालिम दुई दिनसम्म चल्ने महिला चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ५६ बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ