प्रहरीको गोली लागी घाइते भएका उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु | Khabarhub Khabarhub

प्रहरीको गोली लागी घाइते भएका उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले गोली हानेपछि घाइते भएका भारत उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए ।

एक कार्यक्रममा सहभागी हुन जानेक्रममा उनीमाथि प्रहरी असिस्टेन्ट सब इन्सपेक्टर गोपाल दासले मन्त्रीमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । उनको छातीमा गोली लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीले उनको मुटुमा चोट पुर्‍याएको जनाइएको छ ।

गोली लागी घाइते भएका उनलाई उपचारका लागि उडिसाको राजधानी भुवनेश्वरस्थित अपोलो अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले स्वास्थ्यमन्त्रीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाबारे थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ५३ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’