‘प्रत्येक बिहान म स्कुल जाने नयाँ सपना सहित उठ्ने गर्छु। सत्ताले सधैँ विद्यालय खोल्ने बाचा गरेको छ। तर, हाम्रो लागि कहिल्यै खुल्ने गरेको छैन। यसले मेरो हृदय छिया छिया हुन्छ’, १७ वर्षीया हबिबाले भनेकी छन्। उनले यसो भनी रहँदा आँखाबाट आँसु बगी रहेको थियो।
हबिबा र उनको पुरानो सहकर्मी महताब र तमाना विद्यालय जानबाट वञ्चित रहेका हजारौँ टिनएजर मध्येकै हुन्। तालीवानले सत्ता हातमा लिएपछि माध्यमिक तहका ती विद्यार्थी घरमा बसी रहेका छन्। ‘जब केटाहरू विद्यालय गएको दृश्य देख्छु, त्यसले पनि मलाई समस्यामा पार्ने गरेको छ,’ उनले थप भनिन्।
उनीहरू हरेक दिन पीडामा बाँचेका छन्। विद्यालय खुल्न थालेका छन्। विद्यालय खुले पनि उनीहरुको उपस्थिति छैन। यसले पीडाको मात्रालाई अझ बढाउन थालेको छ।
१८ महिना भइसकेको छ, उनीहरूको भविष्य अनिश्चित भएको छ। उनीहरूलाई यो पनि आशंका छकी उनीहरू माथि के भएको छ ? भन्नेमा विश्व समुदायलाई नै गुमराहमा राखिएको छ। उनीहरू हरेक दिन पीडामा बाँचेका छन्। विद्यालय खुल्न थालेका छन्। विद्यालय खुले पनि उनीहरुको उपस्थिति छैन। यसले पीडाको मात्रालाई अझ बढाउन थालेको छ।
‘जब केटाहरू विद्यालय गएको र आफूले चाहेको गरी रहेको देख्छु, त्यसले मलाई पीडा हुन्छ। यो साँचो हो कि जब मेरा दाजुभाइ विद्यालयतर्फ लाग्दै गरेको दृश्य सम्झन्छु। मेरो मुटु छिया छिया हुन्छ,’ तमानाले भनिन्। यसो भनिरहँदा उनको आँखाबाट आँसु नआउने त होइन। तर, रोकिन्नन्। आफ्नो पीडालाई व्यक्त गरी रहन्छिन्।
विद्यालय खोल्ने आशा उनीहरूलाई हराएको छ । हरेक समय तालीवान सत्ता उदार हुनुको साटो अझ बढी कठोर बनी रहेको छ। पछिल्लो समय महिलामाथि लगाइएको नियममा अझ कडाइ देखिएको छ।
उनले थप पिडा व्यक्त गर्दै भनिने‘, ‘बिहानै मेरो भाइले म बिना विद्यालय नजाने कुरा गरेको थियो। मैले अङ्कमाल गरेर भने तिमी अहिले जाऊ। केही दिन पछि म पनि जान थाल्छु। ’ समाज साँच्चै अचम्मको छ मानिसले उनका अभिभावकलाई भन्ने गरेका छन्, ‘तिमीहरूका छोरा छन्। छोरी विद्यालय जान नपाउँदा के को चिन्ता ?’
विद्यालय खोल्ने आशा उनीहरूलाई हराएको छ । हरेक समय तालीवान सत्ता उदार हुनुको साटो अझ बढी कठोर बनी रहेको छ। पछिल्लो समय महिलामाथि लगाइएको नियममा अझ कडाइ देखिएको छ।
पहिलो कडाइ २०२१ को डिसेम्बरमा गरिएको थियो। सो समयमा माध्यमिक शिक्षामा प्रतिबन्ध थियो। ७२ किलोमिटर भन्दा परको यात्रा गर्नु परेमा पुरुष आफन्तको साथमा मात्र गर्न पाइने नियम ल्याइएको थियो। सन् २०२२ को मार्चमा सरकारले छात्राका लागि विद्यालय फेरि खोलिने तर केही समय पर्खनु पर्ने घोषणा गरेको थियो। सरकारले घोषणा गरे पनि विद्यालयमा जाने अवस्था कहिले पनि सरकारले बनाएन।
त्यसको दुई महिनापछि महिलाले टाउकोदेखि शरीरसम्म ढाक्ने कपडा लगाउनु पर्ने नियम ल्याइयो। यसमा अनुहार ढाक्ने वस्त्र पनि समावेश थियो। नोभेम्बर महिनामा पार्कमा महिला र पुरुष छुट्टै रहनुपर्ने नियम ल्याइएको थियो। जिम र स्विमिङ पुलमा पनि यो नियम यथावतै थियो। विश्वविद्यालयमा अध्ययन गरिरहेका छात्राले पनि अर्थशास्त्र, इन्जिनियरिङ र पत्रकारिता छनोट गर्न नपाउने नियम लागू गरियो।
सन् २०२२ को मार्चमा सरकारले छात्राका लागि विद्यालय फेरि खोलिने तर केही समय पर्खनु पर्ने घोषणा गरेको थियो। सरकारले घोषणा गरे पनि विद्यालयमा जाने अवस्था कहिले पनि सरकारले बनाएन।
त्यसको एक महिनापछि अझ ठूलो झट्का लागेको थियो। विश्वविद्यालयमा छात्रालाई निषेध गरियो। उनीहरूलाई घरेलु र अन्तर्राष्ट्रिय एनजिओमा काम गर्न बन्देज लगाइयो। ती क्षेत्रमा स्वास्थ्यकर्मीलाई मात्र छुट दिइयो।
‘यी कडाइका सीमा यसरी बढ्दै जाने हो भने महिला भएर बाच्नुको कुनै अर्थ नै रहँदैन। मान्छे भए बापत पाइने सामान्य अधिकार पनि हामीले गुमाइ सकेका छौं। शिक्षा बिना जीवनको मतलब नै हुँदैन। मलाई लाग्छ, यसको जीवन भन्दा त मृत्यु नै ठिक हो,’ महताबले भनिन्, ‘मेरो घाँटी, अनुहार र गोडामा चोट छ, त्यसमा बाबजुद पढ्ने कुरामा मेरो प्रतिबद्धता छ। ’
उनका बिलौना सकिएका छैनन्। उनले अगाडि भनिन्, ‘जब मेरो मिड टर्मको परीक्षा सकिएको थियो। तालीवान आएर यो सबै सकिएको कुरा गरे।’
२०२१ को मे महिनामा सायद अल सुहादा स्कुलमा भएको बमवारिमा महताबले चोट बोकेको थिइन्। पूर्व सरकारसँग तालीवानको त्यहाँ झडप भएको थियो। तालीवान सरकारले स्कुल र विश्वविद्यालय बन्द गर्ने समयमा यो अल्पकालीन भएको बताउँदै उपयुक्त समयमा खोलिने बताएको थियो। तर त्यसपछि तालीवान सत्ताले छात्रालाई पढ्न दिने कुनै सम्भावना नै देखाएको छैन।
तालीवानले विश्वविद्यालयका छात्राले अन्य नियमलाई नमानेको कारण यो सबै गरेको जनाएको छ। त्यहाँका छात्राले हिजाब पहिरिने तथा इस्लामिक कानुनको अनुसरण गर्ने सवालमा कन्जुस्याइँ गरेका कारण यो नियम लगाइएको उनीहरूको जिकिर छ। ‘हामी सबै हिजाब पहिरिन्छौ। तर, हाम्रो बारेमा केही फरक भएन ? तालीवानले भन्ने खोजेको कुरा नै शङ्कास्पद छ’, तमानाले भनिन्।
तालीवान सरकारले यो दाबी गरे पनि अफगानिस्तानमा उनीहरूको सत्ता भन्दा अगाडि वा पछाडि हिजाब बिना कोही भेटिनु दुर्लभ नै हो। यस कडाइले लाइला बसिमलाई चोट पुगेको छ। उनले महिलालाई शिक्षित बनाउने उद्देश्यले निजी तवरबाट पुस्तकालयको स्थापन गरेकी थिइन्। त्यस पुस्तकालयमा महिला पढ्ने तथा भलाकुसारी गर्ने गर्थे। अहिले त्यो पुस्तकालय बन्द छ। भित्तामा राखिएको दराजमा थुप्रै किताब त्यत्तिकै थन्किएर बसेका छन्।
धेरै पटक उनले त्यो पुस्तकालय खोल्ने प्रयास गरेकी थिइन्। सत्ता पक्षबाट उनलाई बारम्बार धम्की आएको थियो। एक पटक सरकारी अधिकारी पुगेर त्यहाँ भएका महिलालाई पुस्तक पढ्ने कुनै अधिकार नभएको कुरा गरेका थिए। यसपछि त्यो पुस्तकालय खोल्नु सबै भन्दा जोखिम भएको महसुससहित उनले बन्द गरेकी हुन्। उनले तालीवानी नीतिसँग मुकाबिला गर्ने अन्य उपाय सोचेकी छिन्।
‘म स्तब्ध भएँ। तर, पुस्तकालय बन्द गर्नु नै अन्तिम होइन। त्यहाँ अन्य धेरै कुरा हुन सक्छन्। महिलाको आवाज बुलन्द पार्ने अन्य आवाज पनि हुनसक्छ। तर, यो हाम्रा लागि कठिन छ। केही त्यागको पनि आवश्यकता छ। तर, हामीले यसको सुरुवात गरिसकेका छौं। साथै प्रतिबद्ध पनि छौं,’ उनले भनिन्।
एक पटक सरकारी अधिकारी पुगेर त्यहाँ भएका महिलालाई पुस्तक पढ्ने कुनै अधिकार नभएको कुरा गरेका थिए। यसपछि त्यो पुस्तकालय खोल्नु सबै भन्दा जोखिम भएको महसुससहित उनले बन्द गरेकी हुन्। उनले तालीवानी नीतिसँग मुकाबिला गर्ने अन्य उपाय सोचेकी छिन्।
महिला मात्र कमाउने घरमा तालीवान सत्ताको यो कडाइकै कारण जीवन यापन अत्यन्त कठिन बनेको छ। ४० को मध्यमा रहेकी एक विधुवा छिन्। ती महिला विद्यालयमा भुइँ सफा गर्ने काम गर्थिन्। उनको परिवारमा १० जना सदस्य छन्। विद्यालय बन्द भएपछि उनको जागिर गएको छ। त्यसपछि त उनका सङ्घर्षका दिनको सुरुवात भइ नै सकेको छ। अहिले उनी काबुलको सडकमा मागेर बसेकी छन्।
‘मलाई जिउँदो छु भन्ने भान नै हुन थाल्यो। मसँग केही नभएको थाहा पाएर मानिस मलाई सहयोग गरिरहेका छन्। तर यस किसिमको जिन्दगी बाच्नु भन्दा मर्नु नै ठिक हो,’ उनले भनिन्, ‘मैले एक दिन आलु ल्याए भने त्यसलाई छोडाएर गुदी प्रयोग गर्छु। अर्को दिन यसको बोक्रा पकाउने गरेकी छु। ’
उनकी एउटी छोरी कानुन पढ्न चाहन्थिन। अर्की एक छात्रा चिकित्सा शास्त्र। तर ती सबै अब उनलाई असम्भव ठहर भइसकेको छ। गएको डेढ वर्षमा तालीवान सरकारले यस्ता धेरै सपनालाई मारेको छ। स्रोत : बीबीसी
प्रतिक्रिया