दार्चुलामा आयोडिन नुनको खपत बढ्दै « Khabarhub

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

खलङ्गा – दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केहि वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ ।

जनचेतना बृद्धिसँगै आयोडिन नुनको प्रयोग बढेको हो । दार्चुलामा खलंगा र गोकुलेस्वर गरी आयोडिन नुनका दुई डिपो रहेका छन भने ब्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्री बितरण र प्रयोग दर बढ्दै गएको साल्ट ट्रेडिङ डीपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेम सिंह कुँवरले बताए ।

महाकाली नगरपालिका–४ खलंगामा रहेको बिक्री डिपोबाट चालु आर्थिक वर्षको फागुनसम्म एक हजार सात सय ३९ क्वीन्टल ५० किलोग्रा बिक्री भएको कार्यालय प्रमुख कुँवरले जानकारी दिएका छन्। गत वर्ष ६ सय ४६ क्वीन्टल ५० किलोग्राम नुन मौज्दात थियो । चालु आर्थिक वर्षमा दुई हजार क्वीन्टल आयोडिन नुन जिल्लालाई प्राप्त भएको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा नुनको बिक्रीदर बढ्दै गएको गोकुलेश्वर डिपो प्रमुख लक्ष्मण सिंह धामीले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ११ : ५१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका