१६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा « Khabarhub

१६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी- १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी दिए ।

बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश चन्द, आयुश चन्द, अशोकनाथ योगी, दिपेश पाण्डे, विक्रम बोहरा, जितु थापा, भुपेश चन्द, विनोद लावड, रुपेश साउद, निखिल चन्द, हेमन्त धामी र रोशन चन्द छनोट भएका छन् ।

पालिकाबाट आएका खेलाडीबाट टोली बनाएर यसअघि प्रतिस्पर्धा गराइएको र त्यसपछि खेलाडी छनोट गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज वोकटीले जानकारी दिए । सहभागी हुन आउने खेलाडीलाई अनिवार्यरूपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरिएको छ।

बन्द प्रशिक्षणको मिति केही दिनमै तोकिने र प्रशिक्षण देहिमाडौँस्थित निङ्ग्लाशैनी खेलमैदानमा सञ्चालन हुनेछ । प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गरिने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । छनोट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको इस्टजोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ५१ बजे

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ

देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता

प्युठानमा पाँच जनाको बेवारिसे शव फेला

काठमाडौँ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाका किनारमा

प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली