गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र « Khabarhub

गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् ।

यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादव उपचुनाव जितेर संसदमा आउने तयारीमा छन्। उनले अबको केही दिनमै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने उनको रणनीति छ।

उनीसँग भिड्न नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर बुधबार  उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो जित निश्चित रहेको बताए।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुशवाहा बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

यसपटक माओवादी केन्द्रले यादवलाई सघाउने भए पछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर  चुनावमा होमिएका हुन्।

आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : १८ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा