१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन | Khabarhub Khabarhub

१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार अनुगमनका क्रममा सो अनुसारको सेवा उपलब्ध नगराएको पाएपछि उक्त निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेका अनुसार अनुगमनको क्रममा निजी स्वास्थ्य संस्था एकीकृत अनुगमन चेक लिस्टमा भएअनुसार महिला र पुरुषलाई छुट्टै शौचालय, नार्कोटिन औषधि बिक्री गर्ने व्यवस्था, कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारको योजना, सूचना अधिकारीको व्यवस्था, सेवासँग सम्बन्धित ऐन नियमावली, एम्बुलेन्सको व्यवस्था नरहेको पाइएको हो ।

त्यस्तै, फार्मेसीको प्रमाणपत्र सच्याउनुपर्ने, म्याद सकिएको औषधि फिर्ता गर्नुपर्ने, सी ग्रेडको ल्याबमा प्रयोगशाला सञ्चालन गर्दा नियमबमोजिम न्यूनतम जनशक्ति राख्नुपर्ने, प्रयोगशाला शाखामा फोहर व्यवस्थापन गर्नुपर्ने, रेफ्रिजेरेटर टेम्प्रेचर चेक लिस्ट राख्ने, हट एयर मिटर राख्ने, अटोमेटिक मेसिन सञ्चालनका लागि एसी २४ घण्टा नियमित सञ्चालन नरहेको पाइएकाले सच्याउन निर्देशन दिएको हो ।

टोलीले अस्पतालको प्रयोगशाला, फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थिएटर, उच्च संवेदनशील कक्ष, आईसीयु, जनरल वार्डमा अनुगमन गरेको थियो । प्रशासनले केही दिनअघि मकवानपुर सहकारी अस्पताल, सिटी अस्पताल र सञ्चो अस्पतालमा पनि अनुगमन गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : ०९ बजे

वर्षमानलाई शंकर पोखरेलको फोन- अध्यादेशमा सहयोग गर्न आग्रह 

गुल्मी– एमालेले सरकारले ल्याएका अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो

एजेनसी– अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको

गणतन्त्रपछि आफ्नो पहिचान जोगाउने अवसर प्राप्त भयो : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका

‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा

२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को