मौरीपालनबाटै आत्मनिर्भर « Khabarhub

मौरीपालनबाटै आत्मनिर्भर


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी- मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रको सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् ।

उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै आएका कृषकको हरेक घरमा न्यूनतम आठदेखि एक सय ५०सम्म मौरीका घार छन् ।

मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै कृषकहरूको जीवनस्तर माथि उठाउने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । सो कार्यक्रमका लागि उक्त केन्द्रमार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख अनुदान उपलब्ध गराउने भएकामा पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ३७ लाख रु ५० हजार, तेस्रो वर्ष २५ लाख र चौथो वर्ष रु १२ लाख ५० हजार मौरीपालक कृषकलाई अनुदान उपलब्ध गराउँदै आइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरको दिन अहिले बिहानदेखि बेलुकासम्म मौरीसँग रमेरै बित्ने गर्छ । घरमा अहिले एक सय ५० मौरीका घार छन् । उनले ती घारबाट एकै याममा छ क्विन्टलसम्म मह उत्पादन गर्दै आएकी छन् ।

चुमाजस्तै मालारानीका खुमकुमारी छन्तेल, मोहन छन्तेल र अर्लाङ्कोटका टोपनारायण खरेललगायत कृषकले पनि एकै याममा मह बिक्रीबाट जनही एक लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए । कृषि ज्ञान केन्द्रले समय समयमा कृषकलाई मौरीपालन गर्ने तरिकाका बारेमा जानकारी गराउनका साथै मौरीमा देखिने रोगकारीको पहिचान तथा क्षमता अभिवृद्धिलगायत तालिम दिँदै आएको उक्त कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानकारी दिए ।

मालारानीमा उत्पादित मह विभिन्न वनस्पति र फूलहरूको रसबाट उत्पादन भएको, विषादीरहित तथा प्राङ्गारिक भएका कारण पनि बजारमा धेरै माग हुँदै आएको छ । यहाँको मह स्थानीय बजारमा अहिले प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ । मालरानीलाई मौरीको पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न यहाँका कृषकले आउँदो वैशाख ४ गते मह दिवस मनाउने भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : १८ बजे

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं– मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने

पोखरामा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर (तस्बिरहरू)

काठमाडौं– पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण

बालबालिकालाई खाली पेटमा लिची खुवाउनु विषाक्तताको जोखिम : डा. अग्रवाल  

काठमाडौं– गर्मी मौसमममा फल्ने लिची स्वादिष्ट र सबैको प्रिय फल