अर्थतन्त्र जोगाउन वाणिज्यदूतको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल « Khabarhub

अर्थतन्त्र जोगाउन वाणिज्यदूतको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडलले देशको अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा राष्ट्रपतिले अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘वाणिज्यदूतहरुले नेपालको अर्थतन्त्र जोगाउन ठूलो भूमिका खेल्नुभएको छ । अर्थतन्त्रलाई अझ सबल बनाउन लाग्नुपर्छ ।’

वाणिज्यदूतहरुलाई राष्ट्रपतिले अर्थतन्त्रलाई माथि उठाउन आवश्यक पहल चाल्न सुझाव दिएका थिए । वाणिज्यदूतहरुले नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : ५८ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न