अर्थतन्त्र जोगाउन वाणिज्यदूतको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल | Khabarhub Khabarhub

अर्थतन्त्र जोगाउन वाणिज्यदूतको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडलले देशको अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा राष्ट्रपतिले अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘वाणिज्यदूतहरुले नेपालको अर्थतन्त्र जोगाउन ठूलो भूमिका खेल्नुभएको छ । अर्थतन्त्रलाई अझ सबल बनाउन लाग्नुपर्छ ।’

वाणिज्यदूतहरुलाई राष्ट्रपतिले अर्थतन्त्रलाई माथि उठाउन आवश्यक पहल चाल्न सुझाव दिएका थिए । वाणिज्यदूतहरुले नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : ५८ बजे

आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का सांसद डा

पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको

प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसको विरोध

काठमाडौं- प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्य तथ्य पत्ता

 बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान

मकवानपुर– बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो