सेयर बजारमा सामान्य सुधार, ८१ करोडको कारोबार « Khabarhub

सेयर बजारमा सामान्य सुधार, ८१ करोडको कारोबार


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सातामा करोबार हुने चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ ।

नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ विन्दुमा पुगेको छ।

यसअघि मंगलबारको कारोबारमा पनि सेयर बजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा पुगेको थियो  ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

यसै गरी, नेप्से सूचकमा १४२ कम्पनीमा वृद्धि भएको छ भने ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा एनआइसि एशिया शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।

बुधबार सानिमा माइ हाइड्रोपावर दोस्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड ३२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

बुधबार १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ ।

आजको सुपरमाइ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ । यि कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : ३८ बजे

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता