राजनीति

प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

By खबरहब

March 29, 2023

काठमाडौँ- प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेश गरेकी हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत १९ गते अपराह्न १ बजे बस्नेछ ।